आगामी पाँच दिन भारतमा पश्चिमी वायुको प्रभाव धेरै, नेपालमा भने सामान्य !

नेपालखोज २०७८ फागुन २१ गते १९:३७

काठमाडौं । नेपालमा फागुन १७ गतेदेखि प्रि- मनसुन सुरु भएको छ । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार उक्त प्रि- मनसुन आगामी जेठ १७ गतेसम्म रहने छ । उक्त समयमा हावाहुरी चल्ने, असिना- पानी अनि चट्याङ पर्ने सम्भावना बढी हुने गर्दछ । यो अवधि मनसुनको पूर्व तयारी गर्ने समय हो ।

फागुन २० -२१ मा बंगालको खाडीमा उत्पन्न भएको न्यून चापिय अवस्थाले भारतको तामिलनाडूलगायत तटिय क्षेत्र र आन्द्र प्रदेशमा आजदेखि सुरु भइ फागुन २३ गतेसम्म हावाहुरी (५५-६५ के मि र घण्टा) सहित भारी वर्षा हुने डा. उप्रेतीले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

त्यस्तै, पश्चिमी वायुको प्रभावले फागुन २२ गते साँझदेखि २३ गतेसम्म पहिलो र फागुन २५-२६ सम्म पुनः सुदूरपश्चिमलगायत पश्चिम पहाडी क्षेत्रमा हल्का वर्षा हिमानी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ ।

त्यस्तै, भारतको जम्मु- कश्मिर क्षेत्रमा उक्त प्रणालीले भारी वर्षा र हिमपात हुने पूर्वानुमान छ । यसको असर भारतमा ठूलो परे पनि नेपालमा भने सामान्य पर्ने डा. उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया