शनिबार, वैशाख ८, २०८१

भिक्टी लाउञ्जको क्षति विवरणमा शंका

नेपालखोज २०७६ असोज २७ गते २३:११

२७ असोज, काठमाडौं । आईतवार साँझ दरबारमार्गको भिक्टी लाउन्जमा भएको आगलागीमा ८ करोड रुपैयाँभन्दा बढी क्षति भएको सञ्चालकहरुले दावी गरेका छन् ।
आगलागी नियन्त्रण पश्चात प्रहरीले क्षतिको विवरण संकलनका क्रममा सञ्चालकहरुसँग लिएको विवरणमा यति ठूलो रकम क्षति भएको सञ्चालकहरुले बताएका हुन् ।

तर, सञ्चालकको दाबीलाई प्रहरीले विश्वास गरेको छैन । प्रहरीका अनुसार सञ्चालकले यथार्थ विवरण बुझाएपछि मात्र कति क्षति भएको हो भन्न सकिने जनाएको छ ।
सञ्चालकहरुले बीमा दावी गर्नका लागि पनि बढी क्षति भएको दावी गरिएको हुन सक्ने आशंका गरिएको छ ।

भिक्टी लाउन्जमा विद्युत सर्ट भएका कारण आगलागी भएको बताइएको छ । आगलागी काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत ८ दमकलको सहायतामा ३ घन्टापछि नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया