आगलागीबाट तरकारी तथा फलफूलका ७० स्टल जले
नेपालखोज
२०७८ फागुन २२ गते १२:३०

काठमाडौं । काठमाडौं महानगरपालिका १६, वनस्थली ढुंगेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूल टहराहरूमा गएराति आगलागी हुँदा ७० वटा स्टल जलेका छन् ।
आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पाँचवटा दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया