प्रधानमन्त्री र प्रधानसेनापति किन एकै समयमा शीतल निवास पुगे ?

नेपालखोज २०७८ फागुन २२ गते १६:३६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा एकै समयमा शितल निवास पुगे । उनीहरु एकै समयमा शितल निवास पुग्नु संयोग हो कि सल्लाह भन्ने चासो आम जनमानसमा पर्‍यो ।

उनीहरु एकै समयमा राष्ट्रपति कार्यालय पुगेर प्रतिवेदन मात्र बुझाएको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ-आफ्नो तर्फबाट प्रतिवेदन उनीहरुले बुझाएको राष्ट्रपति कार्यालयले स्पष्ट पारिसकेको छ । प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई आज बुझाए ।

चासोका साथ हेरिएको भेटवार्तामा प्रतिवेदन मात्र बुझाउने र बुझ्ने काम भयो ? भन्ने प्रश्नमा राष्ट्रपति कार्यालयले भन्यो, ‘प्रतिवेदन बुझाउने मात्र काम भयो’

प्रतिक्रिया