एभरेष्ट अस्पतालले नारी दिवसका दिन निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रालिले यही फागुन २४ गते नारी दिवसका दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । उक्त दिन अस्पतालले विशेष गरी स्त्री रोगसँग सम्बन्धित निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो ।
वरिष्ठ स्त्रीरोग तथा निःसन्तान विशेषज्ञ डा. जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निःसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनको सर्जन डा. विकास शाहले स्तर क्यानसरको निःशुल्क ओपीडी सञ्चालन गर्ने भएका छन् । यो सेवा २४ गते बिहान १० देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । स्त्रीरोग तथा निःसन्तानसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण र स्तन क्यान्सरसम्बन्धी सम्पूर्ण रोगको परामर्श जाँच एवं उपचार गरिनेछ ।
नेपाली समाजमा दिन प्रतिदिन बाँजोपन तथा स्त्री रोगको समस्या तथा स्तन क्यानसरको समस्या दिनप्रतिदिन बढ्दो देखिएकोले एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले बताए । उनका अनुसार शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श साथै प्याप स्मेर जाँच गर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवासमेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।
पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अन्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्यक्रियालगायत स्त्री रोगसम्बन्धी कुनै पनि समस्या भएका र ल्याप्रोस्कोपी सर्जरीबाटै अप्रेसन गर्नु पर्ने अवस्था आए पनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यावस्था ल्याएको अस्पतालले जनाएको छ ।








प्रतिक्रिया