रावलको आशंका : न्यायपालिका अलपत्र पारि देशलाई कमजोर बनाउने सुनियोजित षड्यन्त्र

नेपालखोज २०७८ फागुन २२ गते १७:१९

काठमाडौं । नेकपा (एमाले)का सांसद् भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद् रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकार् माथिको खेलवाड भएको बताएका हुन् ।

उनले संसद् अवरोध गर्नु गैरजिम्मेवार काम भएको पनि टिप्पणी गरे । सांसद् रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।

त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुक अर्लि इलेक्शनमा जाने भन्ने कुरा आफूलाई थाहा नभएको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकार पुरा अवधिसम्म रहने र संसदको अवधि समाप्त भएपछि मात्रै चुनाव हुने उनले बताए ।

नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताएका छन् । बैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्लिइलेक्शन गर्ने समय नहुने उनले बताए । सांसद् पुनले संसद लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्लि इलेक्शनमा जाने कुरा राजनीतिक रुपले ठिकै भएपनि नेपालको भौगोलिक जटिलता र मौसमी अवस्थाका कारण पनि त्यसो गर्न नसकिने उनले बताए ।

प्रतिक्रिया