वामपन्थी नेता कृष्णराज वर्माको निधन

नेपालखोज २०७८ फागुन २२ गते २१:००

काठमाडौं । वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आज ९३ वर्षको उमेरमा निधन भएको छ । वर्मा लामो समयदेखि नसाको रोगबाट बिरामी परेका थिए । केही दिनदेखि वर्र्मा ह्याम्स अस्पतालमा उपचारत थिए ।

नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत संघर्ष गर्दै आएका वर्मा निष्ठावान् नेता मानिन्छन् । वर्माका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया