महिलाहरुमा नेतृत्व विकासको चुनौती बढ्यो : झाँक्री

नेपालखोज २०७८ फागुन २२ गते २१:५०

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाहरुमा नेतृत्व विकास गर्ने चुनौती रहेको बताएकी छन् । आज महिला सुरक्षा दबाब समूहले ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित राजनीतिक पार्टीहरुमा महिला नेतृत्व, सम्भावना र चुनौती विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री झाँक्रीले महिलाहरु गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगेको बताइन् ।

महिलाहरुले राजनीतिक रुपमा र राज्यको विभिन्न क्षेत्रमा अवसरहरु पाएको उल्लेख गर्दै उनले अब महिलाहरुमा नेतृत्व विकासको चुनौती रहेको बताइन् । महिलाहरुले आ–आफ्नो ठाउँबाट कुशलतापूर्वक जिम्मेवारी बहन गरेर देखाउनुपर्ने उनले बताइन् ।

मन्त्री झाँक्रीले अब महिला सहभागिताको कुरा मात्र नगरी क्वालिटीमा नेतृत्व दिनेकुरा महत्वपूर्ण भएको बताइन् । महिलाहरु राजनीतिको मुल प्रवाहमा आइसकेको उल्लेख गर्दै उनले अब कसैले रोक्न नसक्ने पनि बताइन् ।

प्रतिक्रिया