गरिमा बैंकले नारीलाई लकर सुविधामा ५० प्रतिशत छुट दिँदै

काठमाडौं । गरिमा विकास बैंकले अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई विशेष बनाउन नारीलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खल्ने सम्पूर्ण महिलालाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । आफ्नो बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न गरिमा विकास बैंकको लकर सुविधाअन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो ।
विकास बैंकका ग्राहकले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा छुट लिन सकिनेछ ।
यस विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो सेयर बचत खाता खोल्ने सम्पूर्ण नारीले उक्त छुट प्राप्त गर्ने छन् । हाल, गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिँदै आइरहेको छ ।
प्रतिक्रिया