सोमबार, जेठ ६, २०८२

नारी दिवसमा सिटी स्पेसियालिटी हेल्थ क्लिनिकमा छुट

नेपालखोज २०७८ फागुन २३ गते १४:५८

काठमाडौं । विश्व नारी दिवसका अवसरमा ललितपुरको चापागाउँ दोबाटो (सातदोबाटो) स्थित सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छुट प्याकेज सार्वजनिक गरेको छ । क्लिनिकले ओपीडी निःशुल्क, ल्याब जाँच ३० प्रशित छुट, अल्ट्रासाउन्डमा ३० प्रतिशत छुट, ईसीजी ३० प्रतिशत छुट, औषधिमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

नारी दिवसको अवसरमा फागुन २२ देखि ३० गतेसम्म एक साता महिला तथा पुरुष दुवैलाई छुट दिइने क्लिनिकका प्रमुख डा. सुमन सिम्खडाले जानकारी दिए । साथै क्लिनिकले ओमन्स डे स्पेसल हेल्थ प्याकेज कार्यक्रम पनि ल्याएको छ । जसमा सहुलियत दरमा महिला तथा पुरुषले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन् ।

प्रतिक्रिया