आइतबार, असार १२, २०७९

वरिष्ठ क्याप्टेन ज्वारचन बने निगमको महाप्रबन्धक

नेपालखोज २०७९ असार ९ गते २२:११

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा निगमका वरिष्ठ क्याप्टेन दीपुराज ज्वारचनलाई नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको यही असार ६ गतेको निर्णयअनुसार उनलाई महाप्रबन्धकको जिम्मेवारी वहन गर्ने गरी नियुक्त गरिएको हो ।

उनले बिहीबार आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका अवसरमा सबैबाट पूर्ण सहयोग पाउने अपेक्षाका साथै समग्रतामा सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना र सोका लागि रणनीति एवं कार्ययोजना बनाई सबैलाई साथ लिएर अघि बढ्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया