अपडेट : एकै परिवारका पाँचजनाकाे निसासिएर मृत्यु भएकाे पुष्टि

काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु भएकाे अस्पतालले पुष्टि गरेकाे छ । प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए ।
ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाले जनाएको छ । कोन्जोसोम गाउँपालिका-४ मा मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुश्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीय आश्मा स्याङतान र २ दिनको शिशु सुभाष स्याङतान रहेका छन् । सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो ।
आइतबार साँझ खाना खाएर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन् । निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। आशिष, आश्मा र सुभास मृतक सुष्माका छोराछोरी हुन् । उनका श्रीमान् २३ वर्षीय सुभास स्याङतान घाइते छन् । काइली, सुयासकी आमा हुन् ।
दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीको भनाई छ । यस्तै घरमुली शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको बताइएको छ । डाक्टरहरूले ज्यान जानुमा अरू कारण खासै नरहेको स्पष्ट पारिसकेका छन् ।
प्रतिक्रिया