थपिए ८८ संक्रमित, ३७६ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ र २ हजार ४९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २२ जना गरि कुल ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ । त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३७६ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ५९ हजार ४६९ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव १ प्रतिशत छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९४८ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा देशभर थप २ लाख ३३ हजार ८५१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया