ओमिक्रोनको अर्को सब-भेरियन्ट

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट बीए.थ्री (BA.3) पनि सक्रिय रहेको जानकारी दिएको छ । कोभिडको तेस्रो लहर अहिले संसारभर नै हल्का हुँदै गए पनि यसको जोखिम भने कम भएको छैन ।
विश्व स्वास्थ्य संगठनमा संक्रामक रोग महामारी विज्ञ तथा कोभिड- १९ सम्बन्धी प्राविधिक समूहकी नेतृ मारिया वान केरखोभका अनुसार ओमिक्रोनको बीए.टू र बीए. वान सब-भेरियन्टबीच समानता पनि थियो भने अहिले यहि क्रममा बीए.थ्री पनि सक्रिय रहेको पत्ता लागेको छ । ओमिक्रोनको बीए.टू उप-संस्करण बीए.वान जस्तै हल्का निस्कियो र ठूलो नोक्सानी हुन पाएन तर यसले के सन्देश दियो भने महामारी समाप्त भइसकेको छैन । कोरोना भाइरस एउटा गम्भीर खतराका रुपमा अहिले पनि हामी वरिपरि घुमिरहेको छ ।
के हो ओमिक्रोनको बीए.थ्री ?
डब्ल्यूएचओले दिएको जानकारी अनुसार, ओमिक्रोनमा Pango वंश B.1.1.529 र Pango वंश बीए.वान, BA.1.1, बीए.टू तथा बीए.थ्री छन् । जर्नल अफ मेडिकल भाइरोलोजी मा प्रकाशित एक शोधले पनि बीए.थ्री उप-वंशको उपस्थिति पुष्टि गरेको थियो । अध्ययनअनुसार स्पाइक प्रोटिनमा बीए.थ्री वंशका लागि कुनै विशिष्ट उत्परिवर्तन थिएन । त्यसैले यो बीए.वान र बीए.टू स्पाइक प्रोटिनको उत्परिवर्तन को एक संयोजन हो । अध्ययन रिपोर्टमा बताइएअनुसार बीए.थ्री उप वंश पहलोपटक उत्तर-पश्चिम दक्षिण अफ्रिकामा फेला परेको थियो । अध्ययनहरुले बीए.थ्रीलाई ओमिक्रोनको कम प्रचलित भेरियन्ट बताएका छन् ।
के गम्भीर स्थिति उत्पन्न हुन सक्छ ?
मानव शरीरमा कोरोना भाइरसले गम्भीर असर गर्छ कि गर्दैन भन्ने कुरा बिरामीको शरीरले भाइरसका प्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरामा निर्भर गर्छ । कोभिडका अरु भेरियन्टको तुलनामा ओमिक्रोन हल्का नै साबित भयो । कोविडको तेस्रो लहर ओमिक्रोन (बीए.वान) का कारण आए पनि निकै कम मानिस अस्पताल भर्ना भए भने यसको मृत्यु दर पनि कम नै रहयो । यद्यपि यो भेरियन्ट फैलिने मामिलामा निकै तिब्र रहयो र यसले धेरै लाई आफ्नो सिकार समेत बनायो ।
ओमिक्रोनको लक्षण ?
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको आम लक्षण हुन् : गलामा समस्या, नाक बग्नु, हाछिउँ आउनु, टाउको दुख्नु, शरीर दुख्नु तथा हल्का ज्वरो आउनु ।
प्रतिक्रिया