शुक्रबार, वैशाख २६, २०८२

नेपालले आज श्रीलंका नेभीसँग दोस्रो खेल खेल्दै

नेपालखोज २०७८ फागुन २४ गते ११:०१

काठमाडौं । नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेल आज (मंगलबार) श्रीलंकासँग खेल्दैछ । पहिलो खेलमा श्रीलंका नेभी क्लबलाई ठूलो रन अन्तरले पराजित गर्न सफल नेपाली टिमले दोस्रो अभ्यास खेल नेभीविरुद्ध खेल्न लागेको हो ।

(सोमवार) हिजो भएको ५० ओभरको पहिलो खेलमा नेपालले नेभीलाई १११ रनले पराजित गरेको थियो । नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको नेभी क्लब २८ दशमलब ५ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटिएको थियो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । विक्रम सोब र ज्ञानेन्द्र मल्लले दुई–दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमबल १ ओभरमा अलआउट हुँदै २१४ रन जोडेको थियो ।

नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरेका थिए । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीको लागि नेपाली टोली श्रीलंका प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग चार अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले तेस्रो खेल पर्सि (बिहीवार) श्रीलंका पुलिस र चौथों खेल आउदो शुक्रवार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग खेल्ने छ । श्रीलंकाबाट नेपाली टोली १४ मार्चमा युएई प्रस्थान गर्ने छ ।

पहिलो खेल नेपालले १६ मार्चमा पिएनजीविरुद्ध खेल्नेछ । त्यस्तै दोस्रो खेल युएईविरुद्ध १८ मार्चमा, र तेस्रो खेल युएईविरुद्ध नै २१ मार्च तारिखमा खेल्नेछ । अन्तिम खेल पिएनजीविरुद्ध मार्च २२ मा खेल्ने जनाइएको छ ।

प्रतिक्रिया