बुधबार, जेठ १, २०८२

दाङमा दुईजना फरार अभियुक्त पक्राउ

नेपालखोज २०७८ फागुन २४ गते ११:२२

दाङ । प्रहरीले दाङमा रुख कटान र लेनदेन गरेर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । रुख कटान मुद्दाका लमही नगरपालिका–९ का ३३ वर्षीय प्रमोद विक र लेनदेन मुद्दामा फरार रहेका दाङ लमही नगरपालिका–५ का ५० वर्षीय जीवन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

रुख कटान मुद्दामा दोषी ठहर विकलाई ९ दिनको जेल सजाय तोकेको र लेनदेन मुद्दामा दोषी ठहर भएका थापालाई दाङ देउखुरी जिल्ला अदालतले दुई वर्ष को फैसला गरेको थियो ।

प्रतिक्रिया