माछापुच्छ्रे बैंकको नयाँ शाखा वीरगन्जको आदर्शनगरमा

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेस प्रदेशको पर्सा जिल्ला वीरगन्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगन्ज महानरपालिका मेयर विजयकुमार सरावगी एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले संयुक्तरुपमा समुद्घाटन गरेका थिए । सोही कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो ।
बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दे आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा चौबीसै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरका साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा एटीएमहरु सञ्चालनमा रहेकाछन् ।
प्रतिक्रिया