‘महिला हिंसाविरुद्ध पुरुषको प्रतिबद्धता’

काठमाडौं । दर्जनौं युवाहरूले मंगलबार (फागुन २४) गते अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा र्याली निकाल्दै महिला तथा बालिकामाथि हुने हिंसाका विरुद्ध प्रतिबद्धता व्यक्त गरेका छन् ।
एक दर्जनभन्दा बढी संस्थाहरूको आयोजनामा भएका पदयात्रा ललितपुरको मंगलबजारबाट सुरु भइ गाबहाल, पुल्चोक हुँदै जावलाखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै युवा अभियानकर्मीहरूले पुरुषहरूले आफ्नो परिवार, समुदाय तथा कार्यस्थलमा रहेका महिलाहरूप्रतिको जिम्मेवारी महसुस नगरेसम्म लैङ्गिक समानता असम्भव रहेको बताए ।

पुरुषहरूका अतिरिक्त करिब सय महिलाहरूले समापन भेलामा ऐक्यबद्धता जनाएका थिए ।
समापन समारोहमा महिला तथा बालिका विरुद्धको हिंसा कम गर्नमा पुरुषको भूमिका विषयमा कविता वाचनलगायतका क्रियाकलाप पनि भएका थिए ।
कार्यक्रमको समन्वय गरेको संस्था युवालयका अध्यक्ष सन्तोष महर्जनले यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताए । युवालयले २०७० सालदेखि हरेक वर्ष महिला श्रमिक दिवसका दिन यो कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया