मंगलबार, वैशाख २५, २०८१

पाँचौ‍ं ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा

नेपाली फिल्मको पहिचान विश्वभर गराउने उद्देश्य

नेपालखोज २०७८ फागुन २४ गते १८:१२

काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्ड २०२२ अमेरिकामा आयोजना हुने भएको छ । काठमाडौंमा आज (मंगलबार) आयोजित कार्यक्रममा आयोजकले आगामी जुलाई ३ तारिख अवार्ड प्रदान गर्ने कुराको जानकारी दिएको हो ।

पाँचौ संस्करणको अवार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार नीर शाह, कृष्ण मल्ल, देवीमाया पाठक, शिव श्रेष्ठ, शर्मिला मल्ल, सरोज खनाल, करिष्मा मानन्धर, नवराज श्रेष्ठलगायतको उपस्थिति थियो ।

पाँचौ संस्करणसम्म फिल्मी अवार्ड आयोजना गर्दा विभिन्न आरोह–अवरोहको सामना गर्नु परे पनि सफल हुँदै गएको ग्लोबल फिल्मी अवार्डका संयोजक मधुकुमार श्रेष्ठले जानकारी दिए । नेपाली फिल्मको पहिचान विश्वभर गराउने उद्देश्यले नेपाली फिल्मी अवार्ड अमेरिकामा आयोजना गर्न थालिएको आयोजक नवराज श्रेष्ठले बताए ।

प्रतिक्रिया