सनातन धर्म, संस्कृति र परम्पराको रक्षा गर्ने पार्टी राप्रपा नेपाल : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी-कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएका छन् । काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई मंगलबार सम्बोधन गर्दै थापाले पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएको स्वीकारे ।
उनले गल्तीबाट पाठ सिकेर राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने प्रतिबद्धता दोहोर्याएका हुन् । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाल अरु पार्टी भन्दा फरक बिचार र पहिचान बोकेर हिडेको पार्टी भएको उनले दाबी गरे । उनले लक्ष्य अनुसार अघि बढ्न अब कसैले रोक्न नसक्ने बताए । थापाले सनातन धर्म संस्कृति र परम्पराकोे रक्षा गर्दै सुशासनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने स्पष्ट पारे ।
उनले अहिले देशका हरेक क्षेत्रमा महिलाको उपस्थितिलाई बढाउन र महिलाको हकहित र अधिकारको रक्षा गर्न प्रतिबद्ध भएर लाग्ने धारणा पनि राखे । उनले अब पार्टीलाई देशको ठूलो पार्टी बनाउने पनि बताए ।

प्रतिक्रिया