बिहीबार, जेठ ३, २०८१

विदुर नीति : सुख तथा शान्तिपूर्ण जीवन बिताउने सूत्र !

नेपालखोज २०७८ फागुन २५ गते ५:००

महाभारतको कथामा रहेका महत्वपूर्ण पात्र हुन्, विदुर । उनी हस्तिनापुर राज्यको शीर्ष स्तम्भ मानिन्छन् । नीतिपूर्ण तथा न्यायोचित सल्लाह दिने व्यक्तिको रुपमा विदुरको चरित्रलाई चित्रित गरिएको छ । कौरव–पाण्डवको युद्धलाई रोक्न उनले अनेक यत्न गरेका थिए । उनले धृतराष्टलाई दिएको नीतिपूर्ण उपदेशलाई ‘विदुर नीति’ भनिन्छ । आज हामी सुखी तथा शान्तिले जीवन जिउनको लागि विदुर नीतिका केहि कुराहरु प्रस्तुत गर्दैछौँ । यी कुराहरु आजको समयमा पनि त्यतिकै महत्वपूर्ण रहेका छन् ।

–निरोगी हुनु, ऋणी नहुनु, परदेशमा नरहनु, राम्रो साथीको संगत हुनु, आफ्नो बुद्धिविवेकले जीविका चलाउनु र निडर हुनु ।ख्याती बढाउँछ– बुद्धि, कुलीनता, इन्द्रियनिग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता ।

यी दुई कर्म गर्ने मान्छेलाई सधै सम्मान मिल्छ– कहिल्यै कठोर नबोल्ने । नराम्रो मान्छेलाई आदर नगर्ने ।

यी दुई कुराले मान्छेलाई दुख दिन्छ– गरिब भएर पनि महंगो बस्तुको अपेक्षा गर्ने । कमजोर भएर पनि क्रोध बोक्ने ।

यी दुई प्रकारका व्यक्तिले स्वर्गभन्दा माथि स्थान पाउँछन्–शक्तिशाली भएर पनि क्षमा दिने । गरिब भएर पनि दान दिने ।

बुद्धिमान मानिसहरु– दुर्लभ बस्तुको अपेक्षा गर्दैनन् । हराएको बस्तुमा शोक गर्दैनन् । विपत्तिमा हडबडाउँदैनन् ।

उनीहरु बुद्धिमान हुन्– जो निर्भिक भएर कुरा गर्छ, जो राम्रो विषयमा कुरा गर्न सक्छ, जो तर्क वितर्कमा कुशल छ, जो प्रतिभाशाली र शास्त्रमा लेखिएको कुरा चाडै सम्झने क्षमता राख्छ ।

ती व्यक्ति मूर्ख हुन्, जो– बिना ज्ञान घमन्डले चुर हुने, दरिद्र भएर पनि ठूला–ठूला सुख चाहने, परिश्रम विना धनवान बन्न इ्रच्छा राख्ने ।

यी कुराहरु सुखी जीवनको सूत्र हुन्– साथीसँगको मेलमिलाप, धन आर्जन, पुत्रको आलिंगन, सहि समयमा प्रिय बचन बोल्नु, आफ्नो वर्गमा उन्नती गर्नु, समाजबाट सम्मान ।

यी व्यक्ति धर्म जान्दैनन्– नसामा लट्ठीएका, असावधान, पागल, थाकेका, भोको, धपेडीमा रहेका, लोभी, त्रसित व्यक्ति ।

यी व्यक्ति सधै दुखी हुन्छन् – इर्ष्यालु , अरुलाई घृणा गर्ने, असन्तुष्ट, क्रोधी, शंकालु र अरुप्रति आश्रित ।

यी छ दोष त्याग्न सक्नेले मात्र आफ्नो र जगतको कल्याण वा उन्नती गर्न सक्छ– तन्द्रा, निन्द्रा, भय, क्रोध, आलस्य र प्रमाद ।

यी तीन कुराले आत्मालाई नष्ट गर्छ– काम (यौनवासना), क्रोध र लोभ यी तीन दोष नर्कको मार्ग हो । त्यसैले यसबाट टाढा रहनुपर्छ ।

कसैले क्षमा गर्छ भने त्यसलाई कमजोरी ठान्नु हुँदैन । निश्चय नै क्षमामा बल हुन्छ । क्षमा निर्बल मानिसको गुण हो र बलवानको आभूषण हो।

प्रतिक्रिया