कम्युनिस्ट मिलाउन चीनको दाैडधूप, यान्छीले प्रचण्डसँग भेटेर के भनिन् ?

नेपालखोज २०७८ फागुन २५ गते १३:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत होउ यान्छी आज बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगिन् ।

राजदूत होउ यान्छी र प्रचण्डबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय कुराकानी भएको बताइएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे समेत कुराकानी भएको जनाइएको छ । एमसीसी अनुमोदन भएपछि यान्छीको प्रचण्डसँग यो पहिलो भेटवार्ता हो ।

चिनियाँ राजदूतले कम्युनिस्टलाई एक भएर चुनावमा जान पनि आग्रह गरेको जनाइएको छ । यसअघि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चुनावी तालमेल गराउन चीनले भूमिका खेलेको थियो । पछि पार्टी एकतामा पनि चीनको भूमिका रहेको थियो । चुनाव नजिकिएसँगै भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया