चन्द्रागिरिमा बिरालोलाई थापेको पासोमा कसरी पस्यो चितुवा ?
नेपालखोज
२०७८ फागुन २५ गते १४:११

काठमाडौं । चन्द्रागिरि नगरपालिका-१ दहचोकमा चितुवा फेला परेको छ । दहचोकमा कुखुराको खोरमा थापेको पासोमा चितुवा परेको हो ।
बिरालोलाई थापेको पासोमा चितुवा आएर पसेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पासोमा अल्झिएको चितुवाको बिहान वन कार्यालय र प्रहरीको टोलीले उद्धार गरेको छ ।
चितुवालाई उद्धार गरेर चिडियाखाना पठाइएको प्रहरीले जनाएको छ । खोरबाहिर नै चितुवा पासोमा परेकाले कुखुरा भने खान नपाएको जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया