गर्मी बढ्यो, तत्काल पानी नपर्ने ?

नेपालखोज २०७८ फागुन २५ गते १४:२४


काठमाडौं । काठमाडाैंसहित देशभरको अधिकतम तापक्रम बढेको छ । काठमाडाैंको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने धरानको ३४ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, विराटनगरको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस नाघेको छ, भने जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको तापक्रम पनि ३२ डिग्री सेल्सियस आसपासमा पुगेको छ ।

तत्काल पानी नपर्ने मौसमविद्धले बताएको छ । पानिपर्ने प्रणाली नरहेकाले देशका धेरै ठाउँको मौसम आज सफा नै रहने र गर्मि बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया