गठबन्धन निर्वाचनसम्मै : रामचन्द्र पौडेल
नेपालखोज
२०७८ फागुन २५ गते १७:४५

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताए । नेपाल तरुण दल जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताए ।
वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने बताए । उनले भने ‘हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका हौँ, आगामी निर्वाचनसम्म यसलाई लैजान्छौँ ।’
वरिष्ठ नेता पौडेलले कांग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने बताउँदै कांग्रेस एकजुट भए मात्रै आगामी निर्वाचन जित्न सक्ने स्पस्ट पारे । कांग्रेसलाई जिताउन युवाको महत्वपूर्ण भूमिका हुने भएकाले युवाहरु एक हुनुपर्ने पौडेलले बताए ।
सम्बन्धित

प्रतिक्रिया