चौबीस घण्टामा थपिए २२४ संक्रमित, २५१ जना डिस्चार्ज
नेपालखोज
२०७८ फागुन २५ गते १६:३५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ जना गरि कुल २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ५ हजार ६९२ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६० हजार ६८ पुगेको छ । संक्रमण मुक्त हुनेदर ९८ दशमलव २ प्रतिशत पुगेको छ ।
गत चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप ९६ हजार ८९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया