शनिबार, वैशाख २२, २०८१

‘मर्का नपुग्ने गरी न्याय देऊ, जनता यहीँ चाहन्छन्’

नेपालखोज २०७८ फागुन २६ गते १२:५५

पछिल्लो घटना क्रमले समाज नै तरंगित बनेको छ ! मुद्दा अदालतमा पुगिसकेकोले मैले यसका बारेमा बोल्नु हुँदैन… म यहाँ केबल समीक्षा जसले छक्का पञ्जाबाट यो रंगिन दुनियँमा कदम राखिन् त्योबारेमा केही सेयर गर्न चाहन्छु… जब हामी छक्का पञ्जा ३ को सुटिङ गर्न ला चौक पोखरामा पुग्यौं, हामीलाई स्कुले विद्यार्थीको अभिनय गर्ने कलाकार चाहियो, त्यो बेला त्यहाँ हेडमास्टरले सहयोग गर्नु भो, ८,१० विद्यार्थी छनोट भए त्यसमध्ये एक थिइन् समीक्षा… गोरी, राम्री, लजालु स्वभाव भएकी… दिएको संवाद राम्रोसँग बोल्ने गर्थिन्, बेला-बेलामा उनले गुनगुनाएको कर्णप्रिय स्वरले हामी सबैलाई तान्थ्यो, छायाकार मित्र पुरुषोत्तम प्रधानले मोबाइलमा रेकर्ड गरेर त्यो आवाज लिएर आए, त्यही रेकर्ड गरिएको आवाज नै समीक्षालाई देशको राजधानी काठमाण्डूमा स्थापित हुने मार्ग बन्न पुग्यो !
छोटो समयमा नै उनले लोभ लाग्दो प्रगति गरिन्, त्यसपछि उनीसँग मेरो भेट कहिल्यै भएन, टेलिभिजन र टिकटकहरू देख्थें खुसी लाग्थ्यो… बरू वेला-वेला हेडमास्टरले फोन गरेर ‘हाम्रो चेलीले साँच्चै राम्रो गरेकी छे दीपकजी ! तपाईहरू सुटिङमा आएको त उसको लागि भाग्यको ढोका खोल्न रहेछ’ यति सुनिरहँदा म पनि घमण्डले धेरै पल्ट गचक्क परेको छु… तर त्यो मेरो घमण्ड धेरै दिन टिकेन, आजको दिन देख्नुपर्यो, सामाजिक सन्जालमा उनीमाथि बर्सिएको गाली सुन्नुपर्यो, अब म दुविधामा परें ! के गरौं ?
उनले आज जे भोगिरहेकिछिन् त्यसमा पनि हाम्रो क्षेत्र, हाम्रै संगत, हाम्रै वातावरणको दोष छ कि छैन ?
मलाई यहाँ यो दोषी र यो निर्दोषी भनेर फैसला गर्नु छैन ! त्यो काम मेरो हुँदै होइन !!
मेरो चाहना समीक्षालाई सराप्न बन्द गरौं भन्ने मात्र हो…
जय नेपाल !!!
दीपकराज गिरी

प्रतिक्रियाहरु :
अर्को एउटा न्यायाधीश जन्मन सफल फेरि
उमेर बालिका भने तर व्यबहार र नियति कस्तो छ भन्ने सबै ले बुझ्नु भएको छ ।
वसन्त ढकाल

अब अदालतमा रियल न्यायाधीशहरू बहस गर्दैछन .. सबै लडाइ झगडा गर्न बन्द गरौ , समीक्षा पल सबै हाम्रै देशका कलाकार हुन् ..।
ईशा गुरुङ

आफ्नो श्रीमतीसँग त श्रीमतीको इच्छाविपरीत सेक्स गरियो भने त बलात्कार को मुद्दा लाग्छ, झन् समीक्षा त नहाबालिका त्यो पनि बिहे न भएको कन्या केटी । यो सामाजिक सञ्जालमा जती कराएर गाली गरेनी देशभरी जुलुस निकालेर हिंडे पनि केही हुने होला छैन । कानुन ले न्याय दिलाई हाल्छ नि ।
रत्न राजन

बिएफहरू थियो भनेर चैं आखैले देखेको जसरी भन्नु भयो त। लेख्न त लेख्नु भयो तर खसाउन पनि खसाउनु भयो। पल शाह तिरै झुकाव देखियो।
ई. दिक्पाल केसी

यथार्थ नबुझीकन यो दुनिया जता कागले कान लग्यो उतै दौडिने जस्तो लाग्छ , गलत के सहि के को कति गलत सुरुवात के अन्तिम के ,यो प्राय सोच्दैनन , म ठोकुवा भन्छु आज पल शाह को ठाउमा कोइ नाम नचलेको मान्छे हुन्थ्यो भने यिनै मान्छेहरु भन्थे होला तेस्लाइ काट्नु पर्छ मार्नुपर्छ झुन्ड्याउनु पर्छ । याहा येस्तै हो ।
केही पलको गल्ती केही समिक्षा को बाकी यो कान्डका अरु पात्र जसले उथल उथल ल्याइदिए । हामी त्यसै पक्ष विपक्ष बनेर झन उल्टै बेइज्जती गर्दैछौ । मान्छे हुन मान्छे बाट गलत हुन्छ , सकभर दुबै पक्ष मिलुन । आ आफ्नो गल्तिको छक्षमा माफी मागुन । कसैले पनि कसैको चरित्र हत्या गाली गलौज गर्नु उपयुक्त होइन ।
सौगात ओझा

नहुने पर्ने घटना भयो अब यसको निकास अदालतले दिन्छ तर दुवै जनाको सेफ लान्डिङ होस् ।
सुन्दर धिताल

हामी नेपालीका लागि युट्युब र सामाजिक सञ्जाल ‘बाँदरका हातमा नरिवल’ भइसक्यो । म यतिबेला ढुक्क भएँ हाम्रो चेतनास्तर सामाजिक सञ्जाल चलाउने हैसियतको बनिसकेको रहेनछ ।
दीपेन्द्र सापकोटा

अब जे गर्छ अदालतले गर्छ । हामीले यो दोषी त्यो निर्दोशि भनेर केही काम छैन ।
रोमन अधिकारी

ए भैगो नि त दुईजनालाई घोक्राएर मण्डपमा बसालेर बिहे गर्दोउ टन्टै साफ । दिक्क लागी सक्यो संजाल हेरिनसक्ने बनाईसके ।
प्रवीण तिमिल्सिना

अदालतमा मुद्दा परेर छलफल को क्रम मा रहेको र अहिले सम्म को दोषी भन्ने छानबिन कै क्रम मा रहेको मुद्दा को बिषयमा एक पक्ष को ओकालत गरिरदा अर्को पक्ष चै ?
अनन्त -दोषी लाई सजाय होस् कानुनको दुरुपयोग नहोस ।
सुजी दवाडी

मचाहिँ पल र समीक्षा दुबै दोषी देख्छु । सहमतिमा राखिएको सम्बन्धलाई बलत्कारको नाम दिनुनै गलत हो भने नारीसँग सम्बन्ध राखुन्जेल आफ्नो अनि आवश्यकता पूरा भएपछि मुल्यबिहिन खेलौना झै सम्झेर फालिदिने पुरूष पनि दोषी हो । त्यहीँ भएर म चाहिँ दुबै दोषि देख्छु दुबैलाई असर नपर्ने गरि अदालतले फैसला गरोस ।
उषा खनाल

हाम्रा कलाकार नावालिका वलात्कार केसमा कानुनको कठघरामा उभिईसकेका छन , आरोपितलाई कोहि वडो निर्धकतासाथ ‘रियल हिर‍ , सम्मान छ रे, कोही ‘स्टे स्टङ ’ रे के यिनीहरुको अलीकती पनि सामाजीक उत्तरदायीत्व छैन ? अनि फेरी भन्छन् नेपाली कलाकारलाई माया गरौं । माया गर्न लायक कलाकार पनि हुनुपर्यो नि ।
शारदा पौडेल

फेसबुके प्रहरी र न्यायाधीशहरुले सराप्दै फैसला सुनाइसके। प्रहरी कार्यालय अगाडी अनुसन्धान लाई नै असर पार्ने गरि बथान जम्मा हुँदै भ्या भ्या गर्दै कराउदै न्याय दिलाइसके।
कमला उप्रेती

धिक्कार लाग्छ सामाजिक सञ्जाल भरी जो पिडित छन् उसैको बारेमा troll गरिराछ । अनि जस्ले अपराध गरेको छ उसकै सपोर्ट मा ऊफ्रिएका छन नाना थरी कमेन्ट गरेकाछन ।
रेशा राई

सोसल मिडियामा हेर्दा गल्ति सबै को छ। मानिसको जिबनमा हजारौं गल्ति सबैको हुन्छ। हामि सबैका छोरा छोरी गल्ति गरेका हुन्छन। गल्तिले नै मान्छेलाई पाठ् सिकाउँछ तर गल्ति गर्यो भन्दैमा मौका यहिँ हो भनेर मुखमा जे आयो त्यही भनु कतिसम्म ठिक हो?? एक जनालाई सपोर्ट गर्ने भन्दैमा दोस्रो लाइ मनपरि बोल्नु कतिसम्मको सहि हो?? खराबको बदलामा खराबि नगराै ।
राना हेम

विचित्रको संसार रहेछ मेरो देश !!
अनुमानले हैन, कानुनले दोषी निर्णय गर्छ भन्ने कुरा बिर्स्यौं हामीले ।
न्यायको निर्णय कुर्न सक्ने सामर्थ रहेनछ हामीमा।
कानुनको आधिकारिक नियमको ज्ञान छैन तरपनि जथाभावी अन्धभक्त भएर पक्ष र विपक्षमा बोल्न हुन्न भन्ने चेतनाको कमी रहेछ हामीमा ।
अन्जु तिम्सिना

जुन देशमा बसिएको छ त्यसको प्रकृयामा जान दिउ।अदालतलाई न्याय सुनाउन दिउ।
अमृत बी रत्न

पल साह लाई विवाह गर्ने बिश्वासमा पारी, प्रलोभन देखाएर वा १८ बर्षभन्दा कम उमेरको बालिकालाई सहमतिमा नै करणी गरे पनि जबरजस्ती करणी हुन्छ भन्ने थाहा रहेनछ । स्मरण रहोस् “कानुनको अज्ञानता क्षम्य हुँदैन” ।
कार्की कल्पना

यो समाज छोरा मान्छेको भन्दा छोरी मान्छेको गल्ति देखने समाज हो । सबै भन्दा ठूलो कानून हो , कानून को फैसला को प्रतीक्षा गरौं ।
प्रकाश सन्सारी

गालि गर्न बन्द गरौ , सत्य तथ्य के हो त्यसको खोजी गरौ । हुदै नभएको कुरामा त्यो बहिनीले आफ्नो क्यारियर आफन्त सबैको भविस्य दाउ मा त पकै राखिन होला केहि न केहि त भएको छ। अब सत्य तथ्य को छानबिन होस ।
लोकविक्रम कार्की

एउटा कुरा के बुज्नु जरुरी छ भन्दा नाम , दाम र सम्मान कमाईसकेकि एक बालिकाले आफू हिट हुनको लागी र कसैलाइ बर्बाद पार्नकै लागी म बलत्कृत भए भनेर मीडियामा आऊदैन । मान्छे चरम पिडामा नपरुन्जेल यसरी आफैलाइ जिन्दगी भर दाग लाग्ने काम त पक्कै गरेन होला ।
विकास तिवारी

सम्बन्ध बचाउन उनले हरेक प्रयास गरेकि हुन्।
गलत लाई सहि बनाउन उनले कसैलाई समय पनि दिएकै हुन्।
समयसँग खेलवाड गरेपछि समयले सिकाउँछ पनि र एउटा राम्रो छाप पनि छोडेर जान्छ।
मान्छे ले जहिलेपनि छोरी मान्छेलाई नै गलत देखाउने प्रयास गर्छ। उनलाई आफ्नै छोरी, बैनीको ठाउँमा राखेर हेरौँ, उनको पीडा सबैलाई महसुस हुन्छ।
सिर्जन पलपल हरपल

यो विषयमा १२ हातको स्टाटस हाल्ने समयमा राम्रो फ्लिमको कथा निर्माण गर अङ्कल ।
दुखेको दिल

यस्ता नायक नायिका, गायक गायिका कति आए कति गए । कसैले यो उद्योगमा केही दिएर गए कसैले केहि लिएर गए। कलाकारहरु हिजो पनि थिए आज पनि छन् र भोलि पनि हुनुपर्छ त्यसैका लागि भएपनि समग्रमा यो उद्योगको मान मर्यादा रहनुपर्छ र मर्यादा राख्ने काम यो क्षेत्रका अग्रजहरुकै हो।
तेजेन्द्रविक्रम कार्की

कला क्षेत्र नराम्रोसँग बिग्रिएको छ। दोष हामी सबैको छ। मूलतः हाम्रो आहार व्यवहार संस्कारदेखि नै सुधार गर्दै जानुपर्छ, तर यो सहज सजिलो छैन। समय धेरै लाग्छ। ठोस कदमको आवश्यकता छ। कला क्षेत्रसंग सम्बन्धित संगठनहरूले यसबारे केहि गरोस्।
कृष्ण गुरुङ

यहाँ पल शाहलाई चोख्याउने र देवत्वकरण गर्ने काम धेरै गरियो । नेताहरूको मात्र झोलेहरू हुन्छन भनेको त हिरो , हिरोइनहरूका पनि हुदाारैछन ।
लव मालाकार

अदालतमा दर्ता भइ सकेका बिषयमा कोहि न्यायाधीश हुनै पर्दैन । उपलब्ध प्रमाण र कानुन बमोजिम को फैसला हुनेछ ।
अप्सरा आचार्य

जे मा नि संका गर्ने अनी भावनामा बहकीने हामी नेपालीको बानी नै भयो । यदि पल शाहले बालिका संग सम्बन्ध नराखेको भए फरक कुरा छ । नत्र नेपालको संबिधान अनुसार गल्ती गरनेले सजाय पाउनै पर्छ । यो कलाकारीता क्षेत्रको ईज्जतको कुरा पनी हो। यदि अहिले पीडित भनिएकी बालिका साँचै पिडित भएर न्याय नपाउने बाताबरण बने हाम्रा छोरी चेलिलाई कसरी यो क्षेत्रमा जान प्रेरीत गर्ने।
केदार पौडेल

हाम्रो देसका मान्छे सायद भेडा भएरै होला अझै १० बर्ष पछी नी मान्छे को बुद्धि आउने रैनछ त्यहि भएर देस ले अझै धेरै बर्स मुहार फेर्दैन जस्तो देखिन्छ ।
तेजु अधिकारी

सत्य बोल्दा यो समाज लाई पचाउन गार्हो हुन्छ ।आफै वकिल आफै न्यायाधिस यहाँ ।अदालत को त काम नै छैन त्यसलाइ खारिज गरौ भन्न बेर छैन उफ्फ्फ्फ ।
रोजि थपलिया

आखिर समिक्षाले के पाइ????? पल जि ले के पाउनु भो? तर यहाँ थुप्रैले धेरै पाए होलान्। सम्मानित न्यायालय ,,,,, दुवैलाई मार्का नपुग्ने गरि न्याय देउ। जनता यहीँ चाहन्छन् ।
दर्शन नमस्ते

कति पल र समीक्षा को पछि लागेको उनीहरूको फैसला कानुनले सुनाउँछ ..तर अस्ति भर्खर बलाकृत भएर मारिएकी करुणा राई बहिनी जो मात्र ११ वर्ष की थिइन उनको न्यायको लागि चाई किन कोई पनि नबोलेको किन कसैले आवज नउठाको ….किन सबै मौन न्याय र समर्थन पाउन सेलिब्रेटी नै हुनुपर्ने हो ।
विवेक कँडेल

हामी सधै शरीर मा लिङ्ग बोक्ने सङ रिसाईराथ्यौं गलत रैछ ।
यहाँ त दिमागमा लिङ्ग बोकेर हिन्ने छद्मभेषिहरु डरलाग्दा रैछन् ।
चन्दा स्त्री

चन्दा स्त्री , शरीरमा लिंग बोक्ने मात्रै हैन योनी बोक्ने पनि छन! अनि दिमागमा पनि दूबै!
मनमिले संसार रंगिने नमिले पटक पटक बलत्कार हुने !
सुरज खड्का

फेसबुक आजकल फेसबुक रहेन.. अदालत भयो!वकिल यहि छन् ,न्यायमूर्ति यसमै छन्, आफै मुद्दा चलाउँछन् ,आफै निर्णय गर्छन्… शुभप्रभात श्रीमानहरू !!
कुरो यही आएर टुङियो हैन त- जय होस ।
शेरचन गुरुङ

प्रतिक्रिया