आइतबार, जेठ ६, २०८१

भ्यालेन्टाइन सप्ताह : कुन दिन के गर्ने ?

नेपालखोज २०७९ माघ २५ गते २१:१९

पहिला एक दिनमात्र अर्थात फेब्रुअरी १४ मा भ्यालेन्टइन डे मनाइन्थ्यो । अहिले साताव्यापी रुपमा मनाइन्छ । यसको सुरुवात रोज डेबाट हुन्छ । सुरुवातमा गुलाब दिने, त्यसपछि प्रपोज गर्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि अंकमाल गर्ने र आखिरमा भ्यालेन्टाइन डे मनाउने । आज हामीले भ्यालेन्टाइन डेको सप्ताह ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म के के पर्छ र कसरी मनाउने भनेर भिडियो रिपोर्ट तयार गरेका छौ ।

७ फेब्रुअरी (रोज डे):– भ्यालेन्टाइन डेको सुरुवात रोज डेबाट हुन्छ । यो दिन रोज डेको रुपमा मनाइन्छ । आफ्नो भावनाको व्यक्त गर्नको लागि फरक फरक रंगको गुलाबको प्रयोग गर्न सकिन्छ । प्रेमको लागि रातो र साथीको लागि पँहेलो गुलाब रोज्नुहोस् । आफुलाई मनपर्ने मानिसलाई रातो रंगको गुलाब दिएर प्रेम प्रस्तावको रुपमा प्रदान गर्न सकिन्छ । फुल स्वीकार भएमा प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ ।

८ फेब्रुअरी (प्रपोज डे):– यो दिन प्रेमी–प्रेमीकाहरु आफुलाई मनपर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्न सकिन्छ । यदि कसैलाई मन पराउन हुन्छ भने यो दिन तपाईको लागि उपयुक्त हुन सक्छ । तपाईलाई मन परेको व्यक्तिलाई मनको कुरा भनिहाल्नुहोस् । किनभने यो दिन तपाइको हो ।

९ फेब्रुअरी (चकलेट डे):– यो दिन चकलेट डेको रुपमा मनाइन्छ । गुलाबको फूल दिएर प्रपोज गरिसकेपछि तपाईको प्रेमसम्बन्धलाई प्रगाढ बनाउनको लागि चकलेटबाट सुरुवात गर्नुहोस् । यस दिन तपाई आफ्नो पे्रमी–प्रेमीकाको लागि चकलेट दिएर आफ्नो सम्बन्धमा चकलेट जस्तै मिठास भर्न सक्नुहुनेछ । मिठाससँगै तपाईको सम्बन्धलाई अघि बनाउन सक्नु हुनेछ । चकलेटको स्वाद जस्तै तपाईको प्रेमलाई पनि मिठासको आवश्यकता हुन्छ ।

१० फेब्रुअरी (टेडी डे):– यस दिन सफ्ट र सुन्दर टेडी बियर दिएर आफ्नो प्रेम अझ गहिरो र मजबुत बनाउन सक्नु हुनेछ । चकलेटबाट अघि बढेर तपाईको सम्बन्ध टेडीसम्म आइपुग्छ । यो दिनमा तपाईले आफ्नो मन र मायाको अवस्था अनुसार आफ्नो नजिकको मानिसलाई टेडी उपहार स्वरुप दिन सक्नुहुनेछ । टेडी गिफ्ट गरेर तपाईको प्रेमी–प्रेमीकालाइै महसुस गराउनुहोस् ऊ प्रति तपाईको भावना पनि यस्तै सुन्दर छ ।

११ फेब्रुअरी (प्रमिस डे):– प्रमिस डे अर्थात वाचा गर्ने दिन । यो दिन धेरै खास हुन्छ । प्रेमील जोडीहरुको लागि यो दिनले धेरै महत्व राख्छ । यस दिन मन परेको व्यक्तिसँग वा आफ्नो प्रेमी–प्रेमिकासँग प्रेम सम्बन्ध निभाउने वचन गर्नुहोस् । आफ्नो प्रेमसम्बन्ध मजबुत बनाउनको लागि एक अर्कासँग प्रमिस गर्नुहोस । एक अर्कासँग प्रेमसम्बन्ध इमान्दारिताको साथ निभाउने संकल्प गर्नुहोस् ।

१२ फेब्रुअरी (हग डे):– यस दिन आफ्नो प्रेमी प्रेमीकाको लागि प्रेमले भरिएको हग गरेर आफ्नो प्रेमी–प्रेमीकालाई बिशेष महसुस गराउनुहोस् । यस दिन प्रेम प्रगाढ बनाउने अवसर हुन सक्छ । यो दिन एक प्रेम र आत्मियता महसुस गराउने दिन हो । त्यसैले आफ्नो प्रेमी–प्रेमिकासँग आत्मियताको साथ ‘टाइट हग’ गर्नुहोस् ।

१३ फेब्रुअरी (किस डे):– यस दिन प्रेमी प्रेमिका चुम्वन ९किस० को माध्यमबाट आफ्नो प्रेम दर्शाउनुहोस् ।

४ फेबु्रअरी (भ्यालेनटाइन डे):– भ्यालेन्टाइन डे । यो दिन प्रेम गर्नेहरुको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । यस दिन आफ्नो प्रेमी–प्रेमीकासँग सारा दिन विताउन सक्नुहुनेछ । आफ्नो प्रेमी–प्रेमीकालाई गिफ्ट दिन सक्नुहुनेछ ।

यो दिन मनपर्ने ठाउँमा जान सक्नुहुनेछ । एक अर्कासँग रोमान्टिक समय वितउन सक्नु हुनेछ । यो सप्ताह तपाईहरुको प्रेममय सप्ताह बनोस् । सबैले रिस, राग, बैमनश्यता, घमण्ड सबै त्यागेर प्रेमको उत्सव धुमधामसँग मनाऔ । ‘ह्याप्पी भ्यालेन्टाइन डे’

प्रतिक्रिया