मंगलबार, असार २४, २०८२

रुसले ‘रासायनिक अस्त्र’ प्रयोग गर्न सक्छ : अमेरिका

नेपालखोज २०७८ फागुन २६ गते ८:०३

काठमाडाैं । युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने अमेरिकाले दाबी गरेको छ । अमेरिकाले त्यस्तो हुनसक्ने भन्दै सबै सतर्क हुनुपर्ने बताएकाे छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी ‘अनर्गल’ भएको बताएकी छन् ।

उनले ती झूटा दाबीहरू थप पूर्वनियोजित र अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको ‘स्पष्ट चाल’ भएको पनि बताएकी छन् ।

उनको जस्तै अन्य पश्चिमा अधिकारीहरूले पनि रुस र युक्रेनबीचको युद्ध तीव्र रूपमा बढ्ने जोखिमबारे आफूहरू ‘निकै चिन्तित’ रहेको बताएका छन् ।

विशेषगरी रुसले गैर-परम्परागत अर्थात् ‘नन्-कन्भेन्सनल’ अस्त्रहरू प्रयोग गर्ने सम्भावनालाई लिएर आफूहरू चिन्तित बनेको उनीहरूको भनाइ छ । बीबीसी

प्रतिक्रिया