मंगलबार, असार २४, २०८२

चीनमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै

नेपालखोज २०७८ फागुन २६ गते १३:५३

काठमाडौं । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या फेरि बढ्न थालेको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् ।

यहाँ थप कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका हुन् ।

मंगलबार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो । चीनभित्रै पनि यी संक्रमितहरु बढ्न थालेका समाचारमा जनाइएको हो । यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् ।

जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको बताइएको छ । चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

यहाँका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । यहाँ बुधबारसम्ममा ४ हजार ६०० भन्दा बढी नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका बताइएको छ ।

प्रतिक्रिया