पाल्पामा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

नेपालखोज २०७८ फागुन २६ गते १४:४१

पाल्पा। पाल्पामा आगो ताप्ने क्रममा जलेर एक महिलाकाे मृत्यु भएकाे छ । पाल्पाको माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हाे। उनकाे लुगामा आगो सल्किएर घुँडा भन्दामाथिको भाग जलेको थियो ।

उपचारका क्रममा उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए । कुमाल फागुन ८ गते घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया