श्रीलंका पुलिसलाई नेपालको ३ सय ३२ रनको लक्ष्य

काठमाडौं । नेपाली क्रिकेट टिमले आफ्नो तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप क्रिकेट लिग टु को तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आज आफ्नो तेस्रो खेल खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेका नेपालका कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल र करण केसीले अर्धशतक बनाए । अर्धशतकका कारण श्रीलंका पुलिसलाई बलियो लक्ष्य दिएको हो । नेपालले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ३१ रन बनायो ।
बलियो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो । ओपनर कुशल भुर्तेल ५७ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।
त्यसपछि अर्का ओपनर आशिफ शेखपनि ५२ रनमा आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि आरिफ शेख र रोहित पौडेलविचपनि अर्धशतकीय साझेदारी भएको थियो । जसमा आरिफले ३५ रन बनाए । तर विनोद भण्डारी मात्र तीन रनमा आउट भएपछि नेपालले चौथो विकेट गुमायो ।
त्यसपछि भिम शार्की दुई रनमा आउट भए भने पवन सरार्फ मात्र तीन रनमा पेभेलियन फर्किए । रोहित पौडेलले ७२ रनको योगदान गरे ।
प्रतिक्रिया