प्रहरीले भन्यो- म्यादी प्रहरी भर्ना खुलेको खबर झुठो
नेपालखोज
२०७८ फागुन २६ गते १७:०४

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलेको खबर बाहिर आएको भन्दै प्रहरी प्रधान कार्यालयबाट त्यस्तो कुनै सूचना प्रकाशित नभएको जनाएको छ ।
सामाजिक संजालमा म्यादी प्रहरीको किर्ते विज्ञापन आएपछि नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनका लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी कुनै सूचना जारी नभएको स्पष्ट पारेको छ ।
साथै म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाईट र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गर्ने पनि जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया