र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने सरकारको तयारी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने सरकारले तयारी गरेको बताएका छन् । हिजो त्रिशुली नदिमा भएको १९ औं हिमालय राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताए ।
उनले खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्योमसँग जोड्नु पर्ने आवश्यकता रहेको औल्याए । नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रुपमा विकास गर्नुपर्ने बताए ।
र्याफ्टिङलगायत अन्य जलासय युक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशुली, सुनकोसी र भेटेकासीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने बताए । उनले र्याफ्टिङ जस्ता अन्य पानीमा खेल्ने खेललाई सरकारले लगानी बढाउनु पर्ने बताए ।
त्यस्तै, नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी निर्देशक (सिइओ) डा. धनञ्जय रेग्मीले र्याफ्टिङ खेल एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गदै जानु पर्ने बताएका छन् ।
उनले र्याफ्टिङ खेलाडीको क्षमता विकासको लागि पर्यटन बोर्ड विगतदेखि आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने प्रतिबद्धता जनाए । डा. रेग्मीले धेरै अन्तर्राष्ट्रिय मुलुकहरुले नेपालको सिको गरिरहेको बताए । उनले नेपालमा र्याफ्टिङ गर्ने सक्ने नदिहरुलाई राम्रोसँग प्रयोग गर्नु नसकेको दाबी गरे ।
प्रतिक्रिया