आइतबार, वैशाख २८, २०८२

तेस्रो अभ्यास खेलमा पनि नेपाललाई सफलता

नेपालखोज २०७८ फागुन २६ गते १९:५८

काठमाडौं । युएईमा हुने विश्व क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज श्रीलंका पुलिसालई १ सय ४४ रनले पराजित गर्दै जित यात्रालाई लगातार तेस्रो खेलसम्म कायम राखेको छ ।

नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको लक्ष्य पछ्याएको पुलिस ३६.५ ओभरमा १ सय ८७ रनमा समेटिएपछि नेपालले फराकिाले जित निकालेको हो । पुलिसले एक रन जोड्दा ओपनर ओपनर मोहम्मद सिल्भालाई गुमायो । थप ५ रन जोड्ने क्रममा अर्का ओपनर एम जोयसालाई गुमाएको पुलिसले ७ रनको स्कोरमा राजाकरुणालाई तेस्रो विकेटका रुपमा गुमायो ।

पुलिसका भेभिटाले ५३ बलमा ४ चौका मद्दतमा ३७ रनको योगदान गरे । ७९–७ को स्थितीमा रहेको पुलिसको इनिङ आठौ विकेटका लागि सिल्भा र एल मधुशंकाले ७९ रनको साझेदारीका साथ पुलिसको इनिङ उकास्ने संकेत गरेका थिए । सिल्भाले ६५ बलमा ८ चौका मद्दतमा ६४ र मधुशंकाले ४४ बलमा ६ चौका र १ छक्का मद्दतमा अविजित ५० रन जोडे ।

पुलिसलाई कम योगफलमा सीमित पार्ने क्रममा नेपालका करण केसीले ६ ओभरमा एक मेडन ओभरसहित सहित २० रन खर्चेदै ३ विकेट लिँदा कमलसिंह ऐरी, सागर ढकाल र कप्तान सन्दिप लामिछानेले समान २ विकेट लिए । यस अघि दुई अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई क्रमश१ सय ११ र ८९ रनले पराजित गरेको थियो ।

यसअघि टस जितेरे ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट क्षतीमा ३ सय ३१ रनको विशाल योगफल तयार पारेको थियो । नेपालका लागि रोहित कुमार पौडेलल सर्वाधिक ७२ रनको योगदान गर्दा ओपनर कुशल भुर्तेलले ५७,आसिफ शेखले ५२, करणले अविजित ५३ र कमलले अविजित ४५ रनको योगदान गरे ।

कुशल र आसिफले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । कुशलले ४८ बलमा ८ चौका पहार गरे । १ सय ४२ को स्कोरमा नेपालले आसिफलाई दोस्रो विकेटको रुपमा गुमायो । आसिफले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । तेस्रो विकेटका लागि रोहित र आरिफले ६२ रनको साझेदारी गरेका थिए ।

रोहितले ७७ बलमा २ चौका र २ छक्का प्रहार गर्दा आरिफले ३७ बलमा २ चौका मद्दतमा २६ रन जोडे । २२९–७ को स्थितीमा आठौ विकेटका लागि करण र कमलले १ सय २ रनको साझेदारी गर्दा नेपालले विशाल योगफल तयार पारेको थियो । करणले ३६ बलमा ६ चौका प्रहार गर्दा कलमलले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । पुलिसका सम्पाथ र प्रियदर्शनाले समान २ तथा जयथालिका, राजाकरुणा, डी सिल्भा र अरानदाराले समान १ विकेट लिए ।

प्रतिक्रिया