डेल्टा र ओमिक्रोन मिलेर ठूलो समस्या सिर्जना गर्न सक्छन् : डब्ल्यूएचओ

काठमाडौं । हालै गरिएको एक अध्ययनमा कोरोनाको डेल्टा (Delta) र ओमिक्रोन (Omicron) भेरियन्ट मिलेर एउटा नयाँ भाइरस बनेको ठोस प्रमाण फेला परेको छ । यस्तो प्रमाण फेला परेको यो पहिलो घटना भएको बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो अध्ययनका सम्बन्धमा भनेको छ- यो नयाँ कम्बिनेसनको भाइरसका विषयमा पहिलेदेखि नै आशंका थियो किन भने यी दुवै भेरियन्टका भाइरस निकै तीव्र गतिमा फैलिरहेका थिए ।
उक्त अध्ययन फ्रान्सस्थित संस्था पस्चर इन्स्टिच्युटले गरेको थियो जसमा डेल्टा र ओमिक्रोनको कम्बिनेसन भएको भाइरसलाई लिएर ठोस प्रमाण फेला पारिएको बताइएको छ । अध्ययन रिपोर्टमा भनिएको छ- नयाँ कम्बिनेसनको भाइरस फ्रान्सका कैंयन् इलाकामा फैलिएको पुष्टि भएको छ र यो जनवरी २०२२ देखि नै सक्रिय छ ।
यो अध्ययनअनुसार यही जिनोम र प्रोफाइलको भाइरस डेनमार्क तथा नेदरल्यान्डमा पनि पाइएको छ । अध्ययनमा भनिएको छ- यस विषयमा थप जाँच तथा विश्लेषणको आवश्यकता छ ।
प्रतिक्रिया