बुधबार, वैशाख १२, २०८१

स्वाइन फ्लुको प्रकोपबाट कसरी बच्ने <

नेपालखोज २०७६ कार्तिक १३ गते १४:२७

स्वाइनफ्लुको भाइरसबाट सङ्क्रमित विरामीमा लक्षण देखिए पश्चात अर्को सातासम्म यसको संक्रमण रहिरहन्छ । यो सँग जोडिएको एउटा तथ्य यो पनि छ कि स्वाइनफ्लुले जाडो मौसममा बढी प्रभाव पार्ने गर्दछ । तर जलवायु परिवर्तनका कारण र ताअनि वैश्वीक तापनको यस युगमा अब यसै भन्न सकिने अवस्था रहेन । नत्र सँधै असोज–कार्तिकतिर देखिने डेंगुले बैशाखको अनितमतिरबाट आफ्नो यात्रा शुरु गरि देशका झण्डै ६५ जिल्ला भ्रमण गथ्र्यो होला र ? यो पनि देखिएको छ कि यस रोगको भाइरसले प्रतिवर्ष आफ्नो स्वरुप बदल्ने गरेको छ । यस्तोमा यस आशङ्कालाई नाइ भन्न नमिल्ला । यदि यस पटक स्वाइनफ्लु यस भूगोलमा देखा परे बढी घातक नहोला ?

के हो त स्वाइनफ्लू ?
स्वाइनफ्लू श्वासन तन्त्रसँग जोडिएको एउटा संक्रामक रोग हो जुन ए–टाइपको इन्फ्लुएन्जा भाइरसका कारण हुन्छ । यो भाइसर एच १ एन १ को नामले चिनिन्छ र मौसमी फ्लूमा पनि भाइरसक सक्रिय हुन्छ । अप्रिल २००९ मा सबभन्दा पहिले न्यूमेक्सिकोमा यस भाइरसको पहिचान भएको थियो र पुरै विश्वमा एउटा आतङ्क बनेको थियो जुन अहिलेसम्म निर्मूल भएको छैन ।

स्वाइनफ्लू मुख्य रुपबाट दुइ किसिमले फैलिन्छ । पहिलो रोगीलाई छुने, हात मिलाउने वा सिधा सम्पर्कमा आउनाले दोश्रो रोगीका स्वासको माध्यम, जसलाई ड्रपलेस इन्फेक्सन भनिन्छ । जब कोही स्वाइनफ्लूबाट संक्रमित व्यक्तिले खोक्छ वा हाछ्यूँ गर्छ भने हावामा, जमिनमा जुन पनि सतहमा थुक वा मुखबाट निस्केको पानीको कण त्यो भारसको सम्पर्कमा आउँछ । यो कण हावाद्वारा कसैलाई छुँदा अर्को व्यक्तिको शरीरमा नाक वा मुख हुँदै प्रवेश गर्दछ ।

थै झ्यालढोका, फोन, किबोर्ड, गिलास, तकिया, तौलिया, वा रिमोट कन्ट्रोलबाट पनि यो भाइरस फैलिन सक्छ । यदि यी सामानहरु कुनै संक्रमित विरामीले प्रयोग नगरेको होस् । त्यस्तै स्वाइनफ्लू भाइरस कठोर सतह, स्टिल प्लाष्टिक आदिमा २४ देखि ४८ घण्टासम्म टिस्युपेपरमा १५ मिनेटसम्म तथा हातमा ३० मिनेटसम्म सक्रिय रहन्छ । यसलाई निर्मूल पार्नको लागि डिटोल, एल्कोहल, ब्लीच वा साबुन प्रयोग गर्न सकिन्छ । कुनै पनि रोगीमा विमारीको लक्षण संक्रमण पछि १–७ दिनमा देखापर्न थाल्दछ । तल क्षण देखिनुको २४ घण्टा पहिले र ८ दिन पछिसम्म अरु कसैलाई भाइरस प्रसारणको जोखिम रहन्छ ।

यी कुराहरुलाई विषेश ध्यान राखम
स–साना केटाकेटीहरु, प्रौढ, बृद्ध, गर्भवती महिलाहरु एवं कलेजो, मिर्गौला, दमका रोगी, र एच.आइ.भी. बाट पीडितहरुलाई स्वाइनफ्लूको जोखिम बढी हुन्छ । यस बाहेक जुन मानिसहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ यस्ता मानिसहरु प्रभावित व्यक्तिहरुसँग बढी सम्पर्कमा आउँछन् जस्तै यात्री, डाक्टर, नर्स र आफन्तहरुलाई स्वाइनफ्लू सर्ने आशङ्का भइरहन्छ । – डा. केदार कार्की

प्रतिक्रिया