दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्ने लक्ष्यमा मनाङ

काठमाडौं । काठमाडौं बाहिर हुने नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशी रहेको खप्तड गोल्डकपको उपाधिका लागि भोलि पूर्व च्याम्पियन मनाङ मस्र्याङदी क्लव र फ्रेन्ड्स क्लवविच प्रतिस्पर्धा हुँदैछ । दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन ।
मनाङका कप्तान अञ्जन विष्टले फाइनलमा आफुलाई कुनै दबाव नभएको र नकआउट प्रतियोगितामा जस्तो विपक्षी भएपनि जितका लागि खेल्ने बताए । उनले प्रतियोगिता अगाडी धनगढी रंगशाला पुग्दा मैदानको अवस्था देखेर आफुलाई केहि चिन्ता लागेको बताए । ग्राउण्ड स्टाफले मैदानलाई ब्यवस्थापन गरेपछि भने उनीहरुलाई उनले धन्यवाद दिए ।
साथै अञ्जनले हरेक खेलमा जितका लागि मैदानमा उत्रिएको र फाइनलमा पनि आफुहरु दबाब बिना खेल्ने बताए । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खप्तड गोल्डकपको उपाधि जितेको खण्डमा आफुहरुलाई लिगमा भोगेको नजितामा केहि हदसम्म मलम लागउने मौका हुने बताए । साथै उनले खेलाडीलाई केहि दिन आराम मिलेकाले पनि फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने बताए ।
फ्रेन्ड्सका प्रशिक्षक मिग्रेन्द्र मिश्रले कम्तिामा ७२ घण्टाको आराम पाएको खण्डमा खेलाडीले बढि आराम पाउने भएपनि आफुहरु फाइनलका लागि तयार रहेको बताए । उनले मनाङ बलियो टिम रहेको र अहिले फ्रेन्ड्स टिमपनि राम्रो रहेको बताए । तर फाइनलमा आफुहरु जितका लागि नै खेल्ने बताए । ए डिभिजन लिगमा मनाङ र फ्रेन्ड्स भिड्दा मनाङ विजयी भएको थियो । खप्तड गोल्डकपमा फ्रेन्ड्सले सेमिफाइनलमा बागमती युथ क्लवलाई हराएको थियो भने मनाङले हिमालयन शेर्पालाई हराएको थियो ।
प्रतिक्रिया