आइतबार, वैशाख २३, २०८१

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई चरक हस्पिटलमा १५ प्रतिशतसम्म छुट

नेपालखोज २०७८ फागुन २७ गते १५:२७

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक र पोखरास्थित चरक मेमोरियल अस्पतालबीच भएको सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई अस्पतालको विविध सेवामा १० प्रतिशतसम्म छुट हुनेछ ।

गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौता पत्रमा चरक मेमोरियल हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा हस्पिटलका सञ्चालका समिति अध्यक्ष रामचन्द्र रेग्मीले चरक मेमोरियल हस्पिटलले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको जानकारी गराउँदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरू एवं ग्राहकहरूलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुविधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुसी भएको बताए ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले गण्डकी प्रदेशअन्तर्गत पोखराको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल चरक मेमोरियल हस्पिटलसंग सहकार्य गर्न पाएकामा हस्पिटलप्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरू एवं डिजिटल र कार्डमार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने व्यवस्था गरेकामा हस्पिटलप्रति आभारसमेत व्यक्त गरे । साथै उनले यस विशेष छुट सुविधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारी र ग्राहक लाभान्वित हुने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा नेपाल बैंक गण्डकी प्रादेशिक कार्यलयका प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकी, बैंकका कर्मचारीहरू र चरक मेमोरियल अस्पतालका कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया