‘शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबबीच हुने विभेदको अन्त्य हुनु पर्छ’
नेपालखोज
२०७८ फागुन २७ गते १८:४२

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।
आज २४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताएका हुन् ।
धनिका छोराछोरीहरुले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरु पाएको भएपनि गरिबहरुले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उनले बताए । सबैले बिना भेदभाव सर्वसुलभ रुपमा स्वास्थ्योपचार र शिक्षा पाउनुपर्ने उनले बताए ।
उपराष्ट्रपति पुनले कुष्ठरोग प्रभावित सबै व्यक्तिहरु प्रति समान भाव व्यक्त गर्न र सहयोग गर्न पनि आग्रह गरे । कुष्ठरोगको निर्मुल र प्रभावकारी उपचारका लागि उहाँले नेपाल सरकारको ध्यानाकर्षण गराए ।
सम्बन्धित
प्रतिक्रिया