शनिबार, पुष ५, २०८२

अग्नि समूह ३० औं वर्षमा प्रवेश

नेपालखोज २०७८ फागुन २७ गते २०:०७

काठमाडौं । नेपालकै प्रतिष्ठित व्यापारिक समूहका रुपमा रहेको अग्नि ग्रुपले आफ्नो सञ्चालनको ३० वर्ष पूरा भएको अवसरमा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालाहरूलाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद दिएका छन् ।

“हाम्रा ग्राहक, डिलर नेटवर्क, साझेदारहरू र हाम्रो टीमबिना हामी यति टाढा पुग्न सक्ने थिएनौं । म यात्राको हिस्सा बन्न र सँगै विरासत निर्माण गरेकोमा उहाँहरू हरेकलाई धन्यवाद दिन चाहन्छु । यो त सुरुवात मात्र हो, आगामी वर्षहरू एकआपसलाई कदर गर्दै सँगसँगै अघि बढ्दै जाऔं,” श्रेष्ठले भने ।

“अग्नी ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकको रूपमा आफ्नो सञ्चालन आरम्भ गरेको थियो । आज अग्नी ग्रुप अटोमोबाइल्स, स्पेयर्स र सेवाहरूको प्रिमियम विक्रेता हो र यो मापन र क्षमतामा अतुलनीय छ भने देशभरका ७१ भन्दा अधिक डिलर तथा शाखाहरूसहित यसको बृहत नेटवर्क छ । कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यमहरूमा विविधीकरण गरेको छ र हाल यस समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन्,” श्रेष्ठले भने ।

उक्त कार्यक्रममा उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण पनि गरिएको थियो कम्पनीले यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ । अग्नि ग्रुपको सञ्चालक समिति, महिन्द्रा ग्रुपका प्रतिनिधिहरुका साथै खेलकुद, संगीत र चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया