बिहीबार, जेठ ३, २०८१

सामसुङको नयाँ स्टाइलिस स्मार्टफोन

नेपालखोज २०७८ फागुन २८ गते १७:२९

काठमाडौं । भनिन्छ सामसुङले अहिले Galaxy A13 4G , Galaxy A23 5G , Galaxy A33 5G , Galaxy A53 5G तथा Galaxy A73 5G जस्ता नयाँ स्मार्टफोनमा काम गरिरहेको छ । टिपस्टर टेकिनसाइडर ब्लगका अनुसार दक्षिण कोरियाली टेक दिग्गज सामसुङले यही महीना एक लन्च इभेन्ट आयोजित गर्दै छ जसमा स्मार्टफोनको एउटा नयाँ ए-सिरिज सार्वजनिक हुनेछ । यद्यपि उपरोक्त सबै फोन यही महिना बजारमा आउने/नआउने कुरा भने स्पष्ट भइसकेको छैन । Winfuture.de ले Galaxy A13 तथा Galaxy A33 को डिजाइन भने सेयर गरिसकेको छ ।

Samsung Galaxy A13 4G
Samsung Galaxy A13 4G मा ६.६ इंन्चको पीएलएस एलसीडी प्यानल रहनेछ । यो फोनले १०८०×२४०८ पिक्सलको एफएचडी प्लस रेजोल्यूशन तथा ९० हर्जको रिफ्रेस रेट प्रदान गर्छ । यसमा ८ मेगापिक्सलको सेल्फी क्यामेरा जडान गरिएको छ । यसक‍ो रियर क्यामेरा सेटअपमा ४८-मेगापिक्सलको प्राइमरी क्यामेरा, ५-मेगापिक्सलको अल्ट्रावाइड लेन्स तथा डेप्थ र माइक्रो सट्सका लागि २-मेगापिक्सलको उपलब्ध गराइएको छ ।

A134G फोन ४ GB RAM तथा ६४ जीबी स्टोरेज का साथ आउने छ भने यसमा माइक्रोएसडी कार्ड स्लटसमेत रहनेछ । यो फोनमा ५००० mAh को ब्याटरी जडान हुनेछ जसले १५ वाटक‍ो चार्जिङ सपोर्ट गर्छ । यो फोनको मुल्य २०० युरो रहने तथा यसलाई ब्ल्याक , व्हाइट तथा ब्ल्यु कलरमा खरिद गर्न सकिने बताइएको छ ।

Samsung Galaxy A33 5G
ग्यालेक्सी A33 5G ग्यालेक्सी A53 5G को मिनि भर्सन जस्तो लाग्छ । यसमा ६.५ इन्चको OLED FHD + 90Hz डिस्प्ले जडान भएको छ । यो फोन Exynos 1200 चिप द्वारा संचालित हुनेछ । यसमा ६ जीबी र्याम तथा १२८ जीबी इनबिल्ट स्टोरेज दिइएको छ । यो ५००० mAh को ब्याटरिले सुसज्जित फोन हो । यसको क्यामेराका बारेमा कुनै जानकारी उपलब्ध छैन । यो फोनको अन्तर्राष्ट्रिय बजार मुल्य ४०० युरोभन्दा तलै रहने अनुमान छ । यो फोन कालो , सेतो , नीलो तथा सुन्तला रंगमा खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया