वीरगन्ज महानगरका मेयर सरावगीसहित चार वडाध्यक्ष एमाले प्रवेश

नेपालखोज २०७८ फागुन २८ गते १५:१४

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमबाट पार्टीमा स्वागत गरे ।

सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेस गरेका छन् । ठूलो जसहभागितासहित सरावगी एमाले प्रवेश गरेका हुन् । बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्षसहित जसपा नेताहरुलाई एमाले प्रवेश गराउन वीरगन्ज ओली वीरगन्ज पुगेका थिए । ओलीले सरप्राइज दिँदै वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेमा स्वागत गरे ।

एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका ओली त्यस लगत्तै सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा सहभागी भएका थिए । जसपाबाट निर्वाचित वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले एमाले प्रवेशका लागि वार्ता गरिहेका थिए ।

प्रतिक्रिया