शनिबार, असार १४, २०८२

चौबीस घण्टामा थपिए ७३ संक्रमित, १९२ जना डिस्चार्ज

नेपालखोज २०७८ फागुन २८ गते १६:२३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट २ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ३० र २ हजार ८२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४३ जना गरि कुल ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ५० रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप १९२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६० हजार ८७८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ३ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख १ हजार ३०४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया