जसपा नेपालको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक डिल्ली बजारको बस्ने भएको छ । बैठकमा स्तानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन को विषयमा छलफल हुने भएको छ । शनीबार बसेको बैठकमा परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेक थिए ।
प्रतिवेदन सर्वसम्मतिले पास भएको छ । जसपाका नेता विश्वदीप पाण्डेले राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिने बताए । बैठकमा कार्यकारिणी समितिको विस्तार, कार्यविभाजन, नेतृत्व प्रणालीको बारेमा छलफल हुने समेत बताइएको छ । जसपा एक ढिक्का भएर अगाडि बढ्ने अध्यक्ष भट्टराईले घोषणा गरेका थिए ।
पार्टीमा कार्यकारी अध्यक्षको विषयलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष भट्टराईबीच आन्तरिक द्वन्द्व चलिरहेको थियो । पार्टी नै विभाजन हुने अवस्थामा पुगेको थियो परिषद् तथा केन्द्रीय समितिको बैठकले ती सबै समस्या समाधान गरिने नेताहरू बताउँछन् ।

प्रतिक्रिया