बुधबार, जेठ २, २०८१

धनगढी रंगशालामा रात्रिकालीन खेल हुने गरी स्तरोन्नति आवश्यक : प्रेम आले

नेपालखोज २०७८ फागुन २९ गते १३:११

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेमगरले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताएका छन् । मन्त्री आलेले धनगढी रंगशालामा रात्रिकालीन खेल हुने गरी स्तरोन्नति आवश्यक रहेको बताउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देश समेत दिए ।

धनगढीस्थित क्षेत्रीय रँगशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेकामा जोड दिए ।

मन्त्री आलेले धनगढी विमानस्थललगायत सुदूरपश्चिममा रहेका विमानस्थलका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।उनले भने, ‘वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ । म जनताको शीर नझुक्ने गरी नयाँ नयाँ काम गर्छु ।’

प्रतिक्रिया