शनिबार, जेठ ५, २०८१

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

नेपालखोज २०७८ फागुन २९ गते २३:५५

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ओखलढुङ्गा जिल्ला सिद्घिचरण नगरपालिका वडा नं ४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उदघाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिरबाबु गुरुङले गरेका हुन् । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका वडा नं ४ का अध्यक्ष रत्नबहादुर गुरुङ, रुम्जाटार माविका प्रधानाध्यपक गोकर्णबहादुर बाँनिया, सिभिल बैंकका चिफ क्रेडिट बिजनेश सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाललगायतसो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, संचारकर्मीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात व्यवस्था कार्यालयसंग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग गर्न सक्नेछन् । बैंकले हालसम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरुमार्फत सम्पुर्ण बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

करिब सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरुमार्पmत सेवा प्रदान गरिरहेको सिभिलले यस एक्सटेन्सन काउन्टरसहित ११ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ ।

जसमध्ये सात वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । बैंकले हालसम्म करीव ८९ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ९० अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

प्रतिक्रिया