शनिबार, जेठ ५, २०८१

राष्ट्र बैंकद्वारा पुनः १० अर्ब रुपैयाँँको ट्रेजरी आह्‌वान

नेपालखोज २०७८ फागुन २९ गते १८:११

काठमाडौैं । नेपाल राष्ट्र बैंकले पुुनः १० अर्ब रुपैयाँको ट्रेजरी बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने चैत्र एक गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी ९१ दिने पाँच अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ जेठ ३१ गते र बिसं २०७९ चैत्र ३० गते तोकिएको छ । ट्रेजरीमा पुरानो नविकरण अन्र्तगत पाँच अर्ब र नयाँ पाँच अर्बको रहेको छ । यसअघि यही फागुन २३ गते पनि राष्ट्र बैकले छ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया