शनिबार, वैशाख २२, २०८१

सात अंकले घट्दा ९६ करोड ४० लाखको सेयर किनबेच

नेपालखोज २०८० मंसिर १७ गते १५:३५

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से घटेको छ । नेप्से आज सात दशमलव २९ अंकले घटेर १८ सय ५१ दशमलव २३ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६५ अंकले घटेर तीन सय ५४ दशमलव ४३ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ९३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३६ हजार नौं सय ७७ पटकको कारोबारमा ३४ लाख १९ हजार ७३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९६ करोड ४० लाख १० हजार चार सय ३१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा लघुवित्त समुहको सुचक दुई दशमलव १९ अंकले बढेर तीन हजार दुई सय ६७ दशमलव ११ अंकमा चढेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ६२ अंकले घटेर ११ सय ४४ दशमलव ४१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १६ दशमलव ७८ अंकले घटेर तीन हजार छ सय ११ दशमलव ९३ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि नौं अंकले घटेर १६ सय २३ दशमलव २९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि आठ दशमलव ९५ अंकले घटेर १९ सय ५७ दशमलव ७४ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि २५ दशमलव ७७ अंकले घटेर १० हजार एक सय ८२ दशमलव ६६ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव शुन्य चार अंकले घटेर नौं हजार आठ सय आठ दशमलव ८५ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः २७ दशमलव ८४, शुन्य दशमलव २४, ११ दशमलव १९, शुन्य दशमलव २२, सात दशमलव ५७ र १२ दशमलव ९६ अंकले घटेका छन् ।

नेप्सेमा आज थ्रि स्टार हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ६३ प्रतिशतले बढेर तीन सय ८७ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा माउन्टेन इर्नर्जी हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले घटेर पाँच सय ३० रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने प्रतिकित्ता दुई सय ९५ रुपैंयाँ अन्तिम मुल्यमा छ करोड ९५ लाख २९ हजार दुई सय ७० रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका मध्येमा रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया