सोमबार, जेठ १४, २०८१

देशको पहाडी भू-भागको एक/दुई स्थानमा वर्षाको सम्भावना

नेपालखोज २०७८ फागुन ३० गते ६:१०

काठमाडाैं । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने, देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, आज राति देशभर मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया